
SBS Nepali
SBS (Australia)
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Location:
Sydney, NSW
Genres:
News & Politics Podcasts
Networks:
SBS (Australia)
Description:
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Language:
Multilingual
Contact:
SBS Radio Sydney Locked Bag 028 Crows Nest NSW 1585 Australia (02) 9430 2828
Episodes
Weekly Nepal Update: Butwal-Narayangadh road expansion deadline extended by another year - साप्ताहिक नेपाल अपडेट: बुटवल-नारायणगढ सडक विस्तारको म्याद पुन: एक वर्ष थपियो
8/5/2025
Listen to this week’s top stories from Nepal. - सुरुमा तीन वर्षमा सक्ने भनिएको बुटवल-नारायणगढ सडक विस्तारको म्याद चौथो पटक थपिएको, त्रिभुवन विमानस्थल भन्सार कार्यालयद्वारा कतार लैजान लागिएको ठुलो परिणामको चुरोट बरामद भएको र १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई कांस्य पदक लगायत यस हप्ताका प्रमुख नेपाली समाचार सुन्नुहोस्।
Duration:00:07:26
‘राजमती’: ऐतिहासिक पात्रको नयाँ अवतार
8/5/2025
सिड्नीकी जेनिसा मानन्धरले काठमाण्डूको नेवा समुदायलाई प्रतिनिधित्व गर्ने राजमतीलाई मुख्य पात्र बनाउँदै आफ्नो चौथो किताब ‘राजमती’ गत आइतवार, अगस्ट ३ मा सार्वजनिक गरेकी छिन्। उक्त अवसरमा एसबीएस नेपालीसँग कुरा गर्दै उनले ऐतिहासिक नेवारी चलचित्र र गीतबाट चर्चित बन्न पुगेकी राजमतीको पात्रलाई आफूले नयाँ ढङ्गले प्रस्तुत गरेको बताइन्।
Duration:00:07:21
Government will ban YouTube for under 16 year olds - अस्ट्रेलियामा लागू हुने भनिएको सोसल मिडिया प्रतिबन्ध सूचीमा युट्युब पनि थपियो
8/5/2025
The Federal Government has announced it will include YouTube in its social media ban for children under 16 years old. The move was informed by advice from the e-Safety Commissioner but critics have called for broader reform aimed at social media platforms. - अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका किशोर-किशोरी तथा बालबालिका लक्षित सोसल मिडिया प्रतिबन्धमा युट्युब पनि समावेश गरिएको सङ्घीय सरकारले घोषणा गरेको छ। डिसेम्बर १० देखि लागू हुने बताइएको उक्त प्रतिबन्ध इ-सेफ्टी कमिस्नरको सुझावबाट प्रेरित रहेको बताइँदै गर्दा केही आलोचकहरूले चाहिँ सोसल मिडिया प्लेटफर्महरू लक्षित व्यापक सुधार हुनुपर्ने बारे वकालत गरेका छन्।
Duration:00:10:04
SBS Nepali Australian weather update: Wednesday, 6 August 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ६ अगस्ट २०२५
8/5/2025
Australian weather update in the Nepali language for Wednesday, August 6. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Duration:00:01:45
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
8/5/2025
Listen to the top Australian news from the last seven days. - नर्दन टेरिट्रीमा आदिवासी सम्बन्धी चार दिने गार्मा महोत्सव सम्पन्न, अस्ट्रेलियन नौसेनाको १० अर्ब लागतको युद्ध पोत बनाउने जिम्मा जापानी कम्पनीलाई र दुई दिन घरबाट काम गर्न पाउने कानुनी अधिकार निर्माण गर्ने भिक्टोरियाको योजना प्रति व्यापारिक समूहहरूको आलोचना लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
Duration:00:07:22
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
8/4/2025
Listen to the top Australian news from the last seven days. - नर्दन टेरिट्रीमा आदिवासी सम्बन्धी चार दिने गार्मा महोत्सव सम्पन्न, अस्ट्रेलियन नौसेनाको १० अर्ब लागतको युद्ध पोत बनाउने जिम्मा जापानी कम्पनीलाई र दुई दिन घरबाट काम गर्न पाउने कानुनी अधिकार निर्माण गर्ने भिक्टोरियाको योजना प्रति व्यापारिक समूहहरूको आलोचना लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
Duration:00:07:22
SBS Nepali Australian News Headlines: Tuesday, 5 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ५ अगस्ट २०२५
8/4/2025
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Duration:00:05:16
मङ्गलवार, ५ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
8/4/2025
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Duration:00:01:50
Susan came to Australia to study IT. Now he makes ‘Nepali’ beer for a living - अस्ट्रेलिया आउनु अगि ‘रक्सी खाँदै नखाने’ सुसन सापकोटा कसरी बियर बनाउने काममा लागे?
8/4/2025
Susan Sapkota is the CEO and co-founder of a Melbourne-based brewery that produces beers with a “Nepali taste”. We spoke to Sapkota about his journey from coming to Australia in 2016 as an international student to now leading his own business, including challenges and opportunities for Nepali beer in Australia, on the occasion of International Beer Day (IBD). IBD is observed every year on the first Friday in August. - हरेक वर्ष अगस्ट महिनाको पहिलो शुक्रवारलाई अन्तर्राष्ट्रिय बियर दिवसको रूपमा मनाउने गरिन्छ। यसै सन्दर्भमा मेलबर्न निवासी सुसन सापकोटासँग कुराकानी गरेका छौं। बियर बनाउने काममा लागेका उनले एसबीएस नेपालीलाई आफू कसरी यो काममा लागे र आगामी दिनहरूमा बियर उत्पादनलाई लिएर के-कस्ता लक्ष्यहरू छन् भन्ने बारे बताएका छन्।
Duration:00:29:23
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ४ अगस्ट २०२५
8/3/2025
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Duration:00:06:00
SBS Nepali Australian weather update: Monday, 4 August 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ४ अगस्ट २०२५
8/3/2025
Australian weather update in the Nepali language for Monday, August 4. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Duration:00:01:36
इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग १०): नेतृत्वमा महिला
8/3/2025
सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो अन्तिम एपिसोडमा चाहिँ ‘फेमिनिजम्’, जीवनका चुनौती तथा अवसर तथा आजका महिला बारे इन्द्रा बनले एसबीएस नेपालीसँग चर्चा गरेकी छिन्।
Duration:00:11:30
‘सेल डिभिजन’मा पीएचडी गरेको सेफ र ‘कल्चर्ड क्युजीन’
8/2/2025
के तपाईँले जनावरको ‘सेल’ वा कोषबाट प्रयोगशालामा उत्पादन गरिएको मासु बारे सुन्नुभएको छ? अस्ट्रेलियाका विभिन्न रेस्टुरेन्टहरूमा पहिलो पटक यस्तो ‘कल्चर्ड मिट’ भनिने ल्याबमा उत्पादित मासुबाट तयार परिकार पस्किन थालिएको छ।
Duration:00:10:08
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ३ अगस्ट २०२५
8/2/2025
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Duration:00:01:36
‘सोसल मिडिया, दोस्रो पुस्ता र लगानी’: एनआरएनए अस्ट्रेलियाका नयाँ नेताका वाचाहरू
8/1/2025
गए शनिवार, २६ जुलाईमा भएको चुनावमा अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै, गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको अध्यक्षका रूपमा सन्तोष कुँवर निर्वाचित भएका छन्। सोसल मिडियामा संस्थाको उपस्थितिलाई विशेष ध्यान दिने बताएका उनले लगानी जुटाउने र दोस्रो पुस्ताका नेपालीहरूलाई समेट्ने आफ्नो उद्देश्य रहेको पनि खुलाए। अनि अस्ट्रेलियामा दर्ता भएको अर्को एक गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका बारेमा उनको धारणा के छ त? एसबीएस नेपालीले नवनिर्वाचित अध्यक्ष सन्तोष कुँवर गरेको कुराकानी सुन्नुहोस्।
Duration:00:12:17
एक विशेष जीन उपचारले कसरी एउटा नवजार शिशुको जीवन बचाउन सक्छ?
8/1/2025
एक दुर्लभ आनुवंशिक रोगसहित जन्मिएको शिशुले व्यक्तिगत जीन सम्पादन उपचारबाट उल्लेखनीय सुधार देखाएको छ। डाक्टरहरू विश्वास गर्छन् कि यो प्रविधिबाट भविष्यमा लाखौं दुर्लभ रोगीहरूलाई उपचार सम्भव हुनेछ।
Duration:00:06:30
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २ अगस्ट २०२५
8/1/2025
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Duration:00:01:43
For many Muslim women in Australia, Islamophobia feels inevitable - SBS Examines: अस्ट्रेलियाका धेरै मुस्लिम महिलाहरूलाई ‘इस्लामोफोबिया’ टार्नै नसकिने कुरा जस्तो लाग्छ
8/1/2025
“We're talking about thousands and thousands of incidents ... for many Muslim females who wear the headscarf, they feel that an incident of Islamophobia is what it means to be a Muslim here in Australia." - “हामी हजारौँ-हजार घटनाहरू बारे भनिरहेका छौँ, हिजाब लगाउने धेरै मुस्लिम महिलाहरूका लागि इस्लामोफोबियाका घटना अनुभव गर्नु नै, यहाँ अस्ट्रेलियामा मुस्लिम हुनुको अर्थ हो जस्तो लाग्छ।”
Duration:00:05:16
SBS Nepali Australian News Headlines: Friday, 1 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १ अगस्ट २०२५
7/31/2025
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Duration:00:04:28
‘तँ चिता, म पुर्याउँछु’: कसरी सुरु भयो अस्ट्रेलियामा नेपाली बियर उत्पादन गर्ने काम
7/31/2025
हरेक वर्ष अगस्ट महिनाको पहिलो शुक्रवारलाई अन्तर्राष्ट्रिय बियर दिवसको रूपमा मनाउने गरिन्छ। यसै सन्दर्भमा नेपालबाट अस्ट्रेलिया बियर ल्याउने काम अनि पछि यहीँ नेपाली स्वादको बियर बनाउने योजनासम्म पुगेका दिपेश श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं। पोडकास्टको यो अङ्कमा उनले कोभिड-१९ महामारी पछि सन् २०२१ मा व्यवसाय सुरु गर्दाका चुनौतीहरू र गएका आधा दशक यता नेपाली नाम र स्वादका बियरहरूको अस्ट्रेलियामा बजार विस्तार बारे एसबीएस नेपालीलाई बताएका छन्।
Duration:00:15:07